Comments Add Comment

‘जाइरा’को ‘यो मात चढेको साँझ’मा हट तनुजा

भदौ ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जाइरा’मा समावेश आइटम गीत सार्वजनिक भएको छ । ‘यो मात चढेको साँझ’ बोलको आइटम गीतमा मिना निरौलाको स्वर छ । भिडियोमा तनुजा गुरुङले नृत्य गरेकी छन् । गोविन्द राईको करियोग्राफी रहेको भिडियोमा प्रमोद अग्रहरी र श्रृजना रेग्मीलाई पनि देखाइएको छ ।

सन् १९७४ मा रिलिज भएको चलचित्र ‘मनको बाँध’मा समावेश गीतलाई रिमेक गरेर यो चलचित्रमा राखिएको छ । ‘मनको बाँध’मा समावेश गीतमा भने मिरा राणाले स्वर दिएकी छिन् । गीतमा किरण खरेलले शब्द तथा शिव शंकरको संगीत छ । ‘जाइरा’का लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् ।

‘जाइरा’मा नायिका नम्रता श्रेष्ठको मुख्य भूमिका छ । चलचित्रमा उनलाई मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ र सम्राट मगरको पनि मुख्य भूमिका छ ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको लेखन छ । ‘कटामरी फिल्मस्’को ब्यानरमा निर्माण भएको यो चलचित्र ‘नम्रता श्रेष्ठ प्रोडक्शन’ र ‘ट्रेन्डसेटर्स प्रालि’को ब्यानरमा प्रस्तुत भएको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment