+
+
Shares

‘स्मार्टर’को मोबाइल एप सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १८:०१

१० साउन, काठमाडौं । स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनिक गरिएको छ । म्याक्स कनेक्टले निर्माण गरेको ‘स्मार्टर’ डिजिटल प्रणालीबाटै सिक्न चाहनेका लागि उपयोगी छ ।

कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी स्मार्टर एप ल्याएको कम्पनीले जनाएको छ ।

एपमार्फत् विद्यार्थीले घरबाटै अडियो भिजुअलको माध्यमबाट अध्ययन गर्न सक्दछन् ।

अनलाइनबाट पर्चेज गर्न मिल्ने यो सिस्टका लागि क्यास, बैंकिङ सिस्टम, खल्ती, ई–सेवा आदिको प्रयोग गर्न सकिन्छ भने नेपालबाहिरबाट पेपाल प्रयोग गरेर स्मार्टर खरिद गर्न सकिन्छ ।

स्मार्टरमा अन्य विषयहरु पनि क्रमशै थपिने योजना ल्याएको बताए । ‘प्रविधिको अधिकतम उपयोग मार्फत पेपरलेस तर्फ जाने सोच अनुरुप एप ल्याएका हौं, कोर्सअनुसार आवश्यक मात्रामा अध्ययन सहयोगी भिडियो सामाग्री राखिएको छ, जसलाई  मल्टिपल प्रयोगकर्ताले पनि सहज तरिकाले उपयोग गर्न सक्नेछन्, कम्पनीले भनेको छ ।

प्रति विद्यार्थीले वार्षिक ५ हजार शुल्क तिरेर एपको सेवा लिन सकिने उनले बताए । म्याक्स कनेक्टका देशभरिका डिलरहरु मार्फत हरेक स्कुलसम्म पुग्ने योजना रहेको कम्पनीले जनाएको छ।

‘हामीले सयौं विद्यालयका लागि काम गरिरहेकाले स्मार्टरको प्रयोग धेरैले प्रयोग गर्ने अनुमान गरेका छौं । स्कुलले प्रयोग गरिरहेको एपमै स्मार्टर इन्टिग्रेट गरेर पनि प्रयोग गर्न सकिन्छ भने गुगल प्ले स्टोरबाट स्मार्टर एप डाउनलोड गरेर पनि प्रयोग गर्न सक्छन् । यो सामाग्री बच्चाका लागि हो भने अभिभावकले पनि आफ्ना बालबालिकालाई के के पढाउने भनेर निर्णय गर्न सक्छन्,’ उनले भने ।

नेपालबाटै अन्तर्राष्ट्रियस्तरको प्रडक्ट बन्न सक्ने कुराको प्रमाणित आफूहरुले गरेको बताए । ‘नेपालको विषयमा कुरा गर्दा हामी सानो छौं तर कमजोर छैनौं भनेर प्रमाणित गर्न चाहन्छौं । सबैले सानो देश, कमजोर देश भन्छन् । तर अन्तर्राष्ट्रिय रुपमा गुणस्तरीय प्रडक्ट उत्पादन गर्न हामी सबल छौं,’ उनले भने, ‘हामीले क्रमशै सबै विषयको लर्निङ प्लाटफर्म तयार पार्दैछौं । प्रयोगकर्ता नयाँ टेक्नोलोजीका आतुर छन् । राम्रो प्रडक्ट ल्याउन सके बजारले अस्विकार गर्दैन ।’

म्याक्स कनेक्ट टिमले यस अघि ‘म्याक्स कनेक्ट इआरपी’ मोबाइल एप मार्फत नेपाल र भारतका ४ सय बढी स्कुल र २ लाख बढी  विधार्थीलाई आवद्ध गराई सेवा दिइरहेको छ। जसले विधार्थी, शिक्षक, स्कुल र अभिभावकलाई एकै एप मार्फत सेवा प्रदान गरेको म्याक्स कनेक्टले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?