+

आयरल्याण्ड ३८ रनमा अलआउट, इंग्ल्याण्डले जित्यो टेष्ट

२०७६ साउन  १० गते २०:२१ २०७६ साउन १० गते २०:२१

काठमाडौं । इग्ल्याण्डले दोस्रो पारीमा आयरल्याण्डलाई मात्र ३८ रनमा अलआउट गरेको छ र १४३ रनले टेष्ट जितेको छ ।

आफ्नो तेस्रो टेष्ट म्याच खेलिरहेको आयरल्याण्डलाई जितका लागि १८२ रन चाहिएको थियो ।

तर लर्ड्समा क्रिस वोक्स र स्टुआर्ड ब्रोडको उत्कृष्ट बलिङ गरे । आयरल्याण्डले १५.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३८ रन बनाउन सक्यो । जेम्स म्याकलमले सर्वाधिक ११ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।

आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा वोक्सले ६ विकेट लिादा ब्रोडले ४ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि पहिलो पारीमा इंल्याण्ड ८५ रनमा अलआउट हुादा आयरल्याण्डले २०७ रन बनाएको थियो । घरेलु टोलीले दोस्रो पारीमा भने ३०३ रन बनाएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय