Comments Add Comment

साम्राज्ञी र पुष्पको केमेष्ट्री गीतमा रुचाइयो, फिल्ममा के होला ?

केही दिन अगाडि मात्र सार्वजनिक भएको चलचित्र ‘मारुनी’मा समावेश दोश्रो गीत ‘सक्दिनँ म बाँच्न’लाई दर्शकले रुचाएका छन् । पहिलो गीत ‘जाम्न माया जाम’ भन्दा पनि दोश्रो गीत ‘सक्दिनँ म बाँच्न’लाई दर्शकले अझै बढी मन पराएका छन् ।
यो गीत अहिले टिकटकमा पनि खुबै चलेको छ । निर्मात्री पूनम गौतमले पनि दोश्रो गीतलाई दर्शकले मन पराएको दाबी गर्दै आफूहरुको मिहिनेत सफल भएको अनुभुती गरेको बताइन् ।

यो गीतलाई सार्वजनिक भएको केही दिनमै १७ लाख भन्दा बढी पटक हेरिएको छ भने यसको मेकिङ र कलाकारको ड्रेसअपलाई खुबै रुचाइएको छ । यसैविच, भदौको १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले प्रचारको नयाँ तरिका समेत अपनाएको छ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा नवल नेपालले निर्देशन गरेको चलचित्रको प्रचारका लागि अहिले इटहरीका विभिन्न प्रशिक्षणमा चलचित्रको बारेमा जानकारी दिइएको छ । यस्तो, कार्यक्रम झापा, मोरङ, सुनशरी लगायतका स्थानमा पनि जारी रहेनछ । विभिन्न बिषयमा तालिम लिइरहेका प्रशिक्षार्थीमाझ चलचित्रको बारेमा जानकारी दिदा उनीहरुमा चलचित्रको बारेमा उत्सुकता बढ्ने विश्वास निर्देशन नवल नेपालको छ ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेविका गुरुङ लगायतको मुख्य भूमिका छ । चलचित्रको गीतमा साम्राज्ञी र पुष्पको केमेष्ट्रीलाई रुचाइएको छ । अब, चलचित्रमा यी दुइलाई दर्शकले कती मन पराउने हुन् यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment