Comments Add Comment

मकवानपुर क्रिकेट टिमका पूर्वकप्तान श्रेष्ठको निधन

१२ साउन, हेटाैंडा । रक्त क्यान्सरबाट पीडित मकवानपुर क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको निधन भएको छ ।

८ महिनादेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको आइतबार काठमाडौंस्थित शहीद मेमोरियल अस्पतालमा निधन भएको हो ।

हेटौंडा-५ सानोपोखरा निवासी निरज हाल मकवानपुर क्रिकेट संघका सदस्य थिए । उनी संघको पूर्व कोषाध्यक्ष थिए । ०६०/६१ सालदेखि मकवानपुर क्रिकेट टिमको कप्तानी सम्हालेका श्रेष्ठले ४ वटा राष्ट्रियस्तरको क्रिकेट लिग खेलेकाेे मकवानपुर क्रिकेट संघका सचिव दिपेन्द्र ढकालले बताए ।

मकवानपुर क्रिकेट संघले उनको उपचारको सहयोगार्थ नेपाली क्रिक्रेट टोलिका कप्तान पारस खडकासहितको च्यारिटी क्रिकेट म्याचको आयोजना गरेको थियो ।

श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवर्धनका लागि महत्वपूर्ण योगदान गरेका थिए ।

क्रिकेट संघ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट संघका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहेका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।

उनकाे बुवा, आमा, दाजु र श्रीमती र एक सन्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment