+
+

एनएमबि म्युचुअल फण्डले प्रतिफल वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १२ गते १८:४८

१२ साउन, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ र एनएमबि हाइबि्रड फण्ड एल -१ को आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण सकिएको छ । यसको प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।

सञ्चालक समितिको वैठकबाट एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड -१ का इकाई धनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १५ प्रतिशतका दरले र एनएमबि हाइबि्रड फण्ड एल -१ का इकाईधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित १० प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन भएको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड -१ ले विगतका तीन आर्थिक वर्षहरुमा इकाईधनीहरुलाई लगातार नगद लाभांश वितरण गरी योजनाले आफनो उदेश्यलाई पूर्ति गर्दै आइरहेको छ ।

योजनाको परिपक्वता समय नजिकिँदै गरेको हुदाँ २०७६ कार्त्तिक ३ गते पश्चात नै योजनाको लगानीमा रहेका सम्पत्तीहरु, पूंजी तथा नाफालाई एकै साथ लगानीकर्ताहरुलाई फिर्ता भुक्तान गर्ने बताइएको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन भएको एनएमबि हाइबि्रड फण्ड एल -१ नेप्सेमा सूचिकृत भई कारोबार खुल्दा नेप्से १७५.७१ विन्दुमा छ । तत्पश्चात् बजार निरन्तर घटिरहँदा पनि योजनाले जोखिमलाई व्यवस्थापन गरी इकाईधनीहरुको पूंजीलाई संरक्षण गर्दै आइरहेको कम्पनी बताउँछ ।

योजनाले आर्थिक वर्ष २०७५/७६ मा १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय भएको र आगामी दिनहरुमा पनि योजनाले आˆनो इकाईधनीहरुलाई प्रतिफल दिदैं जाने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?