Comments Add Comment

एडीबीको ट्रेड फाइनान्स प्रोग्राम र लक्ष्मी बैंक बीच कर्जा सम्झौता

१४ साउन, काठमाडौं । एशियन डेभलपमेन्ट बैंक (एडीबी) को ट्रेड फाइनान्स प्रोग्राम (टिएफपी) तथा नेपालको अग्रणी बैंक लक्ष्मी बैंक लिमिटेड बीच कर्जा तथा ट्रेड सहयोगको लागि एक सम्झौतामा हस्ताक्षर भएको छ ।

एडीबीको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित रहदैं आएको छ भने यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ । आजसम्म यस कार्यक्रमले २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको छ ।

यसबाट ८२ मिलियन अमेरिकी डलरको सहयोग प्राप्त भएको छ । यसबाट कृषि कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

सम्झौता हस्ताक्षर पछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले “एडीबीको यस कार्यक्रममा सहभागी हुन पाउँदा लक्ष्मी बैंक गौरभान्वित भएकोको कुरा बताए । एडीबीको ट्रेड मेम्बर बैंकका रुपमा सहभागी भई अन साइट तथा अफ साइट कार्यहरु प्रति लगनशील रहेका कारणले हामी यस परियोजनामा सहभागी भएका हौं उनले उल्लेख गरे ।

लक्ष्मी बैंक नेपाली साना तथा मझौला व्यवसाय, कर्पोरेट, इन्स्टिच्युसनल तथा इन्फ्रास्टक्चर प्रोजेक्टहरुमा ट्रेड फाइनान्स सेवा प्रदान गर्दै आइरहेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा हाम्रा ग्राहकहरुले फाइदा लिन सक्नेछन् । वर्तमान अवस्थामा निजी क्षेत्रबाट गरिएको यस प्रकारको लगानीले आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको बताए ।

नेपालका लागि एडीबी इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर ज्यानेट हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुगेको बताए । यो नयाँ सुविधाले पुनर्निर्माणको कार्यले देशमा आर्थिक क्रियाकलाप हुन गई साना तथा मझौला व्यवसायको विकासमा सहयोग पुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment