+
+
Shares

मौद्रिक नीतिले ब्याजदर घटाउने सम्भावना देखिएन : शेखर गोल्छा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते १५:०१

१६ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्लाले मौद्रिक नीतिले बैंकको ब्याजदर घट्ने उद्योगीको आशा पूरा नभएको बताएका छन् ।

चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिले ब्याजदर घटाउने र लगानी योग्य रकमको अभाव समस्या समाधान गर्छ भन्ने निजी क्षेत्रको अपेक्षा भए पनि पूरा हुने सम्भावना नदेखिएको बताएका हुन् ।

मौद्रिक नीतिमा बैंकहरुले ऋणपत्र जारी गर्नैपर्ने ब्यवस्था गरिएकाले पनि ब्याजदर घट्ने सम्भावना नदेखिएको बताए । ‘बैंकमा जादा ऋण पाउन नसक्ने अवस्था छ, ब्याज पनि घट्न सकेको छैन’ बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अनिवार्य डेबेन्चर जारी गर्न भनिएको छ, अहिले पनि डिबेञ्चरको ब्याजदर १० प्रतिशत भन्दा बढी छ, यसकारण पनि ऋणको ब्याज घट्ने सम्भावना देखिदैन ।’

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरूले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नै पर्ने बाध्यकारी ब्यवस्था गरेको छ । वरिष्ठ उपाध्यक्ष गोल्छाले स्प्रेड दर पनि महंगो भएको बताए । उनले भने, ‘विश्वका अरु देशको तुलनामा स्प्रेड दर महंगो छ, मौद्रिक नीतिले ०.१ प्रतिशत मात्रै घटायो, यो धेरै कम हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?