Comments Add Comment

प्रकाश मानव अधिकार पुरस्कार बराललाई

१६ साउन, विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बार्षिक रुपमा प्रदान गर्दै आएको प्रकाश प्रकाश मानव अधिकार पुरस्कार गुरु बराललाई प्रदान गरेको छ ।

बिहीबार इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २७ औं स्मृति दिवसका अवसरमा २५ औं ‘प्रकाश मानव अधिकार पुरस्कार’ सामाजिक तथा राजनीतिक अभियन्ता गुरू बराललाई प्रदान गरेको हो ।

बराललाई एक नम्बर प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, इन्सेक अध्यक्ष डा. इन्दिरा श्रेष्ठलगायतले ताम्रपत्र, नगदसहित सम्मान गरे । पुरस्कार प्रदान गर्दै प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादर तुम्बाहाङले मानव अधिकारको क्षेत्र ब्यापक बन्दै गएको बताए ।

नेपालको इतिहासमा निमुखा वर्गका पुरूषले समेत भोट हाल्न नपाएको स्मरण गर्दै प्रा.डा. तुम्बाहाङले पछि आन्दोलनमार्फत पुरूषले भोट हाल्न पाए पनि महिलाले भोट हाल्न नपाएको बताए ।

मुख्यमन्त्री शेरधन राईले संविधानमै मौलिक अधिकारको व्यवस्था भएका नेपालको संविधान मानवअधिकारमैत्री भएको बताए । मुख्यमन्त्री राईले मानव अधिकारको पूर्ण प्रत्याभूति र संविधानमा व्यवस्था भएका कुराहरूलाई अक्षरशः पालना गर्दै जनताको अधिकार स्थापित गर्न प्रतिवद्घ रहेको बताए ।

पुरस्कार वितरण समारोहमा आफ्ना धारणा राख्ने क्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले इन्सेकले मानव अधिकारको क्षेत्रमा छुट्टै पहिचान बनाएका र मानव अधिकारको परिभाषालाई जीवन्त तुल्याउनेहरूलाई खोजी–खोजी पुरस्कार वितरण गरेर सिङ्गो मोतीमाला बनाउन लागेको बताए ।

इन्सेकका निर्वतमान अध्यक्ष सुवोधराज प्याकुरेलले पूर्ण मानव अधिकारकर्मी मात्र नभई अन्य क्षेत्रमा लागेर जनताको हक अधिकारका लागि जनतालाई नै परिचालन गरी मानव अधिकारको प्रत्याभूति गराउनेलाई पनि सम्मान गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment