Comments Add Comment

नोबेलमा सुत्केरीको मृत्यु प्रकरण : लेनदेनमा टुंगियो बिवाद

शिशु पालनपोषणका लागि अस्पतालले दियो २ लाख

१६ साउन, विराटनगर । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेज र आफन्तबीच सुरु भएको बिवाद लेनदेनमा टुंगिएको छ ।

मृतकको उपचारमा लागेको सम्पूर्ण खर्च मिनाहा गरिदिने र नवजात शिशुको लालन पालनका लागि आवश्य रकम अस्पतालले दिएपछि बिवाद अन्त्य भएको हो ।

अस्पतालले मृतकको उपचारमा लागेको २६ हजार रुपैयाँ फिर्ता गरेको छ । तिर्न बाँकी ९ हजार रुपैयाँ मिनाहा गर्ने सहमति भएको छ ।

नवजात शिशुको लालनपालनका लागि अस्पतालले २ लाख रुपैयाँ दिएको छ । अस्पतालसँगको सहमति पश्चात मृतकको आफन्तले विहिबार अपरान्ह शव बुझेका छन् ।

यस्तो थियो घटना

सुनसरी झुम्काकी पार्वती कार्की प्रसूतिका लागि सोमबार भर्ना भएकोमा उनको बुधबार मृत्यु भएको थियो ।

नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वषर्ीय कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।

उनको सुत्केरी सामान्यरुपमै भएको थियो । तर, अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार दिउँसो २ बजे पाठेघर फाल्ने भन्दै अप्रेसन थिएटर लगेका थिए ।

पाठेघरको शल्यक्रियापछि उनलाई १७ पि्रन्ट ब्लड चढाएइएको थियो । तर, उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गर्‍यो ।
सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तहरुले आरोप लगाएका थिए ।

नर्मल डेलिभरी भएकी महिलाको रगत धेरै बग्दा पनि चिकित्सले उपचारमा चासो नदिएको उनीहरुको गुनासो थियो । नर्मल डेलिभरी भएपछि वार्डमा सारेको केही समयपछि पार्वतीले खाना खान खोजेकी थिइन् ।

उनका आफन्तले खाना खुवाउन खोज्दा उनी बेहोस भएर लडेपछि मात्र चिकित्सकले धेरै रगत बगेको भन्दै पाठेघर फाल्न लगेका थिए ।

वार्डमा रगत रोक्ने प्रयास असफल भएपछि दिउँसो मंगलबार २ बजे पाठेघर फाल्नुपर्छ भन्दै अप्रेशन गरिएकोमा अझ स्वास्थ्य समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मृतक कार्कीले दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् ।

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका थिए । बिहीबार सहमतिसँगै विवाद टुंगिएको छ । अस्पताल प्रशासनले पनि लेनदेनमा सहमति भएको स्वीकार गरेको छ ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले मानवीयताको आधारमा मृतकको उपचार खर्च मिनाहा र बच्चाको पालन पोषणका लागि लागि थोरै रकम अस्पतालले दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment