+
+
Shares

धर्मको नाममा हिंसा गरेको भन्दै दक्षिण कोरियाली नेतृलाई ६ वर्ष जेल

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते १७:५५

१६ साउन, काठमाडौं । ४ सय जनालाई फिजीमा बन्धक बनाएर राखेको र हिंसा गरेको अभियोगमा दक्षिण कोरियाली एक नेतालाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।

ग्रेस रोड चर्चकी संस्थापकसमेत रहेकी सिन ओक जु ले सन् २०१४ मा ४ सय जनालाई फिजी पुर्‍याएकी थिइन् । उनीहरुको पासपोर्ट खोसिएको थियो भने उनीहरुमाथि कुटपिट पनि भएको थियो । सिन गत वर्षको जुलाईमा पक्राउ परेकी थिइन् । सोमबार दक्षिण कोरियाली अदालतले उनले हिंसा, बाल अधिकार हनन र ठगी गरेको ठहर गर्दै सजाय सुनाएको हो ।

पीडितहरु सामूहिक कुटपीट, शारीरिक हिंसा, विभिन्न डर धम्की र मानसिक तनाबबाट पीडित भएको सुवान जिल्ला अदालतले भनेको छ । उनीहरुले धर्मको नाममा अत्यधिक यातना र गैरकानुनी गतिविधि गरेको पनि अदालतले बताएको छ । नेतृ सिनसँगै उनको चर्चका अरु ५ जनाविरुद्ध पनि सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?