Comments Add Comment

नोबेल मेडिकल कलेजमा सुत्केरीको मृत्यु

१५ साउन, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।

उनको सुत्केरी सामान्यरुपमै भएको थियो । तर, अत्यधिक रक्तश्राव भएपछि चिकित्सकले मंगलबार दिउँसो २ बजे पाठेघरको फाल्ने भन्दै अप्रेशन थिएटर लगेका थिए ।

पाठेघरको शल्यक्रियापछि उनलाई १७ प्रिन्ट ब्लड चढाएइएको थियो । तर, उनलाई बुधबार बिहान ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तहरुले आरोप लगाएका छन् ।

नर्मल डेलिभरी भएकी महिलाको रगत धेरै बग्दा पनि चिकित्सले उपचारमा चासो नदिएको उनीहरुको गुनासो छ । ‘नर्मल डेलिभरी भएपछि उहाँको पाठेघरबाट रगत बगेछ,’ पावर्तीका आफन्त पुस्बिन अधिकारीले भने, ‘तर रगत बग्दा चिकित्सकले हेरेनन् ।’

वार्डमा ब्लड ब्लडिङ भए पनि चिकित्सकले चासो नदिएको उनको गुनासो छ । एक्कासी बेहोस भएपछि पाठेघर फाल्न भन्दै अप्रेशन थिएटरमा लगेपछि चिकित्सकले बुधबार बिहान ३ बजे मृत घोषणा गरेको उनले बताए । बेलैमा चिकित्सकले विरामीलाई हेरेको भए पार्वतीको मृत्यु नहुने आफन्तहरुले बताएका छन् ।

नर्मल डेलिभरी भएपछि वार्डमा सारेको केही समयपछि पार्वतीले खाना खान खोजेकी थिइन् । उनका आफन्तले खाना खुवाउन खोज्दा उनी बेहोस भएर लडेपछि मात्र चिकित्सकले धेरै रगत बगेको भन्दै पाठेघर फाल्न लगेका थिए । ‘वार्डमा रगत रोक्ने प्रयास असफल भएपछि दिउँसो २ बजे पाठेघर फाल्नुपर्छ भन्दै अप्रेशन गर्न लागे,’ अधिकारीले भने, ‘अप्रेशनपछि भेन्टिलेटरमा राखे ।’

मृतक कार्कीले दोस्रो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । बच्चाको स्वास्थ्य भने सामान्य छ । उनका श्रीमान वैदेशिक रोजगारीकालागि कतारमा छन् ।

यता अस्पताल प्रशासनले भने महिलाको मृत्युमा अस्पतालको लापरबाही नभएको बताएको छ । अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले धेरै रगत बगेका कारण महिलाको मृत्यु भएको हो ।

नर्मल डेलिभरी भएपछि धेरै रगत बगेको थियो । रगत बगेपछि पाठेघरको सल्यकि्रया गरेको तर सफल नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment