Comments Add Comment

‘छ माया छपक्कै’ले दशैं रिलिज छाड्यो, भदौ २७ मा रिलिज हुने

दशैंमा चलचित्र क्षेत्रमा राजनीति चर्को हुने संकेत देखिएसँगै रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’ले लामो बिदाको पर्वमा चलचित्र रिलिज नगर्ने भएको छ । दिपेन्द्र लामा निर्देशित चलचित्रसँग असोज ३, १० र १७ को विकल्प थियो । तर, तिनै रिलिज डेटमा देखिएको उच्च राजनीतिले अब दिपकराज गिरी र उनको टिमले नयाँ तरिका अपनाएको छ ।

यो चलचित्र अब भदौ २७ मा रिलिज गर्ने तयारी गरिएको छ । निर्माणपक्षले चलचित्रको काम सकिएको खण्डमा भदौ २७ मा चलचित्र रिलिज गर्ने जानकारी दिएको छ । अहिलेसम्म चलचित्रको निर्माणपक्ष भदौ २७ मा पक्का छ । तर, चलचित्रको काम सकिने वा नसकिने निर्णय गर्न केही दिन लाग्ने वुझिएको छ ।

असोज ३ मा ‘कबड्डी कबड्डी कबड्डी’ले रिलिज मिति तोकेपछि दशैंको विकल्पको रुपमा भदौ २७ लाई रोजिएको हो । असोज १७ मा हिन्दी चलचित्र ‘वार’ रिलिज हुने भएपछि हल र वितरकमा देखिएको राजनीतिका कारण पनि ‘छ माया छपक्कै’ टिम हच्किएको हो ।

यो चलचित्र भदौ २७ मा आएको खण्डमा ‘कबड्डी कबड्डी कबड्डी’लाई पनि ठूलो असर गर्नेछ । चलचित्रको वर्ड अफ माउथ बलियो भएको खण्डमा दशैंसम्म चलचित्रको लम्बाई तन्किने वुझाई यसको निर्माणपक्षको छ । यो समिकरणले अब चलचित्र क्षेत्रमा तरंग ल्याएको छ । चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment