Comments Add Comment

बलिउडको अंकगणितः जुलाईमा कसले कति कमायो ?

जुलाई महिनामा प्रदर्शन भएका हिन्दी फिल्महरुले दर्शकलाई राम्रो मनोरञ्जन दिन सफल भएका छन् । सिनेमा हलमा आएका जुलाई महिनाका फिल्महरुले दर्शकहरुका लागि फरक-फरक स्वाद पस्किन सफल रह्यो ।

यो महिना बलिउडका साथ-साथै हलिउडका फिल्महरुले पनि दर्शकको मन जित्न सफल भ एभने आम्दानी समेत उत्कृष्ट गर्न सफल भए । यदी सबै फिल्मलाई एकै ठाउँमा राखेर तीनले गरेका व्यवसायलाई एकै ठाउमा राख्ने हो भने जुलाइ महिनामा प्रदर्शन भएका फिल्महरुले बाहुबली आम्दान गरे । बाहुबली आम्दानि किन भनिएको हो भने फिल्म बाहबली द कन्क्लूजनका बारेमा त धेरैलाई जानकारी छँदैछ ।

उक्त फिल्मले लाइफ टाइम कलेक्सन ५ सय १० दशमलव ९९ करोड भारतीय रुपैयाँ हासिल गरेको थियो । यो आँकडा हालसम्म अन्य कुनै पनि फिल्मले छुन त के नजिकसम्म पुग्न समेत सकेको छैन ।
यद्यपि, यहाँ हामी कुरा गरिरहेका छौं जुलाई महिनामा प्रदर्शन भएका चार वटा फिल्मको, जसले कुल मिलाएर ५ सय करोड भारतीय रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् ।

फिल्मको व्यवसायको चर्चा प्रारम्भ गरौं शाहिद कपूर तथा कियारा आडवाणीको फिल्म कबीर सिंहबाट । त्यसो त यो फिल्म जुन २१ का दिन प्रदर्शन भएको थियो, तर यो फिल्मले जुलाई महिना भरी नै उत्कृष्ट प्रदर्शन गरिरह्यो ।

यो फिल्मले आशा गरिए भन्दा धेरै बढि आम्दानी गर्दै जुलाई महिनामा मात्रै कुल १ सय ४१ करोड भारतीय रुपैयाँ आम्दानी गर्न सफल भयो । फिल्मको कुल आम्दानीको कुरा गर्ने हो भने यो फिल्मले २ सय ७५ करोड भारु भन्दा बढि आम्दानी गर्न सफल भैसकेको छ । अहिले पनि यो फिल्म कतिपय सिनेमा हलहरुमा प्रदर्शन भैरहेको छ र निर्माताको खातामा पैसा जम्मा हुने क्रम जारी नै छ ।

सन् २०१९ मा प्रदर्शन भएका फिल्महरुको कुरा गर्ने हो भने पनि आम्दानीको हिसाबले कबीर सिंह नै सबैभन्दा अगाडि छ । यहींनिर समग्र हिन्दी फिल्मको सम्पूर्ण आम्दानीको कुरा गर्ने हो भने पनि यो फिल्म दशौं स्थानमा रहन सफल भएको छ ।

अब कुरा गरौं ऋतिक रोशनको फिल्म ‘सुपर ३०’ को । यो फिल्मले प्रदर्शन भएको १० दिनमा एक करोड भारतीय रुपैयाँको व्यवसाय गर्न सफल भएको थियो । जुलाई १२ का दिन प्रदर्शन भएको यो फिल्मले अहिलेसम्म १ सय २५ करोड भारुभन्दा बढिको व्यवसाय गरिसकेको छ । फिल्मको प्रेरणादायी कथा तथा दर्शकहरुको सकारात्मक प्रतिक्रियाका कारण यसलाई बिहार, राजस्थान, गुजरात, दिल्ली तथा उत्तर प्रदेशमा ट्याक्स फ्रि गरिएको छ ।

कंगना रनौत तथा राजकुमार रावको फिल्म ‘जजमेन्टलर है क्या’ २६ जुलाईका दिन प्रदर्शन भएको हो । उक्त फिल्मले हालसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यो फिल्मले पहिलो विकेण्डमा २२ करोड भारु कलेक्सन गर्न सफल भएको थियो । अहिले पनि यो फिल्मलाई दर्शकहरुले उत्तिकै माया गरिरहेका छन् । दर्शकहरुले कंगना तथा राजकुमारको जोडीलाई पनि एक पटक मन पराएका छन् । यसअघि यी दुबै कलाकारहरु फिल्म ‘क्वीन’ मार्फत दर्शकमाझ आएका थिए ।

फिल्म आर्टिकल १५ पनि बाहुबली आम्दानीको सूचीमा सहभागि छन् । किनभने २८ जूनमा प्रद्यर्शन भएको आयुष्मान खुरानाको उक्त फिल्मले जुलाई महिनाभरी राम्रँे व्यवसाय गर्न सफल भयो । यो फिल्मले हालसम्ममा ६० करोड भारु भन्दा बढिको व्यवसाय गर्न सफल भएको छ ।

जुलाई महिनामा प्रदर्शन भएका हलिउडका चलचित्रको कुरा गर्ने हो भने फिल्म द लायन किङ तथा स्पाइडर म्यान फार प|mम होमले उत्कृष्ट व्यवसाय गर्न सफल भएका छन् । हलिउडका फिल्मले पुनः एक पटक बक्स अफिसमा हिन्दी फिल्मलाई कडा चुनौती दिन सफल भएका हुन् ।

द लायन किङ ११ जुलाईका दिन प्रदर्शन भएको थियो । उक्त फिल्मले भारतमा मात्र १ सय २५ करोड भारु बराबरको व्यवसाय गरिसकेको छ । स्पाइडरम्यान फार प|mम होमले एक सय करोड भारु बराबरको व्यवसाय गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment