Comments Add Comment

बुटवल– दिल्ली रुटको बसमा भन्सार छलीका सामान

१७ साउन, बुटवल । भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ६ लाख रुपैयाँको कपडा प्रहरीले बरामद गरेको छ ।

भारतको दिल्लीबाट लु.१ ख. ६६४९ नम्बरको बसमा लुकाई छिपाई ल्याउँदै गर्दा डण्डा इलाकामा कपडा पक्राउ परेको हो ।

बुटवल–दिल्ली चल्ने बसमा फल्सबटन बनाई ल्याइएका महिलाले प्रयोग गर्ने कपडा सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो कपडासंगै ढुवानीमा प्रयोग गरिएको सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

बस चालक स्याङ्जा गल्याङ १ मालुङ्गा बस्ने ३६ वर्षका राजु सुनार, सहचालक सोही ठाउँकै २५ वर्षका यमबहादुर सुनारलाई पनि पक्राउ गरिएको छ ।

प्रकाउ पर्ने व्यक्ति दुवै जनालाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment