Comments Add Comment

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने

१७ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन् । नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि जयशंकरको यो पहिलो भ्रमण हुनेछ ।

परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘अगष्ट अन्तिममा विदेशमन्त्री आउने कुराकानी भएको छ । मिति टुंगिएको छैन ।’

स्रोतका अनुसार विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । संयन्त्रको बैठक भदौ ४ र ५ मा प्रस्ताव गरिएको छ तर, टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment