Comments Add Comment

मेस्सीमाथि लाग्यो तीन महिना प्रतिबन्ध

१८ साउन, काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीमाथि तीन महिना लामो प्रतिबन्ध लागेको छ ।

कोपा अमेरिकामाथि भ्रष्टाचारको आरोप लगाएका उनीमाथि अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो भएको थियो, जसक्रममा मेस्सीले ब्राजिललाई च्याम्पियन बनाउने फिक्स भएको दाबी गरेका थिए ।

दक्षिण अमेरिकी फुटबल महासंघले उनीलाई ५० हजार डलर जरिवाना पनि तोकिएको छ ।

यो प्रतिबन्धले मेस्सीले चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रिपूर्ण खेल गुमाउनेछन् । प्रतिबन्धविरुद्ध अपील गर्न मेस्सीलाई सात दिनको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment