Comments Add Comment

आजको पत्रिका : कैदीलाई कारागारभित्रै यौनसम्पर्कको अवसर

२५ साउन, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा धादिङमा बस दुर्घटनाको समाचारले प्राथमिकता पाएको छ । कान्तिपुर दैनिकले रातभर एक जना मात्रै चालकले बस चलाएकाले उनी निदाएको र दुर्घटना भएको अनुमान गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले सोही दुर्घटनालाई समेट्दै धादिङमा १ वर्षमा १ सय ४४ दुर्घटना भएको तथ्यांक प्रस्तुत गरेको छ ।

दुर्घटनाको समाचारसँगै पत्रिकाहरुले घाइतेको वयान पनि प्रस्तुत गरेका छन् । कान्तिपुर, नागरिक र गोरखापत्र दैनिकले घाइते समिमराजा अन्सारीको भनाइलाई समाचारसँगै राखेका छन् । उनले बस सडकबाट त्रिशूलीमा खस्दा आफू झ्यालबाट उछिट्टिएर जोगिएको, त्रिशूलीले बगाएर एक सय मिटर तल पुर्याएपछि रुखको बुट्यान समातेर जोगिएको, एक घण्टासम्म पानीमै हेलिएकोलगायतका विवरण दिएका छन् ।

नागरिक दैनिकले कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको मुख्य समाचार छापेको छ । नागरिक लेख्छ– मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौनसम्पर्कका लागि दम्पत्ती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ । मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिने छ ।

सन्तान नभएका कैदीलाई एक सन्तान जन्माउनका लागि मात्र यस्तो सुविधा दिइने समाचारमा उल्लेख छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकले नेकपाका शीर्ष तीन नेता केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालबीच अविश्वासपूर्ण त्रास रहेको समाचार छापेको छ । यसैगरी पूर्वराजा वीरेन्द्रको र उनको परिवारका नाममा रहेको २१ हजार ५६३ रोपनी जग्गा नेपाल ट्रष्ट मातहत आए पनि तीनको सदुपयोग नभएको समाचार पनि अन्नपूर्णमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment