Comments Add Comment

डिबालालाई भित्र्याउने टोटनह्यामको प्रयास

२२ साउन, काठमाडौं । प्रिमियर लिग सुरु हुनु अगाडि नै अर्जेन्टिनी फवार्ड पाउलो डिबाला उत्तरी लण्डन आउने सम्भावना बढेको छ ।

टोटनह्यामले डिबालाका लागि राखेको ७० मिलियन युरोको प्रस्ताव युभेन्टसले स्वीकार गरेको स्रोतलाई उद्धृत गर्दै गोलले लेखेको छ । डिबालासँग क्लबको सहमति हुन बाँकी रहेको समाचारमा उल्लेख छ ।

२५ वर्षीय डिबाला सन् २०१५ देखि युभेन्टसको मुख्य खेलाडी रहँदै आएका छन् । तर गत सिजन क्रिष्टियानो रोनाल्डालाई भित्र्याएपछि इटालियन च्याम्पियनमा डिबालाको स्थानमाथि प्रश्न उठ्दै आएको छ ।

गत सिजन उनले सबै प्रतियोगितामा गरेर मात्र १० गोल गरेका छन् ।

उसो त डिबालालाई म्यानचेष्टर युनाइटेडले पनि भित्र्याउन चाहेको थियो । रोमेलु लुकाकुलाई युभेन्टस पठाएर डिबालालाई ल्याउने प्रस्ताव थियो । तर, दुई क्लबको वार्ता सहमतिमा पुग्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment