
२४ साउन, काठमाडौं । माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गत साता नै सकियो । ३० मेगावाट पहिलो युनिटले २ जेठबाटै उत्पादन थालेको थियो । आयोजनाको दोस्रो युनिटको पनि परीक्षण भइरहेको छ ।
निर्माण सकिएपछि २०६५मा मध्यमर्स्याङ्दीपछि सबैभन्दा ठूलो आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
नुवाकोटको किस्पाङमा बनेको यो आयोजनाको दोस्रो युनिट अहिले पनि परीक्षण उत्पादनकै क्रममा छ । परीक्षण उत्पादन सफल सकिएपछि व्यवसायिक उत्पादन सुरु हुनेछ ।
पहिलो युनिटले उत्पादन थालेयता यो आयोजनाबाट हालसम्म २२ करोड रुपैयाँ बराबरको विजुली उत्पादन भइसकेको नेपाल विद्युत प्राधिकरण बताउँछ ।
यो आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत यो दिनेछ । यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने प्राधिकरणको भनाइ छ ।
कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवम् प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।
यो आयोजना बनेपछि स्थानीय क्षेत्रमा खुसीयाली छाएको छ भने आयोजना अवलोकनका लागि पुग्नेहरु पनि बढेका छन् ।
प्रतिक्रिया 4