Comments Add Comment

वीरगञ्जमा विष्फोट हुँदा ३ जना घाइते

२४ साउन, वीरगञ्ज । वीरगञ्ज ‘बम’ विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज-४, विर्ता बजारमा बम विष्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।

घाइतेको नाम सार्वजनिक गरिएको छैन । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष जगत शाहले अनलाइनखबरसँग बताए ।

स्थानीय मिठु शंकरको कागती पसलमा साँझ साढे ७ बजे बिस्फोट भएको जनाइएको छ । घटनामा हुने पनि घाइते भएको आशंका गरिएको छ ।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै, घटनास्थल पुगेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले बताए ।

पटका पड्कियोः पर्सा प्रहरी प्रमुख

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख सोमेन्द्रसिंह राठौरले भने प्रारम्भिक अनुसन्धानले पटाका पड्किएको हुनसक्ने देखिएको बताए ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘माल्टा बारुद भनिने पटका पड्किएको देखिएको छ ।’

प्रहरीका अनुसार घाइतेको अवस्था चिन्ताजनक छ । एसपी राठौर भन्छन्, ‘केटाकेटीले खेल्दाखेल्दै पड्किएको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment