Comments Add Comment

गाउँलेलाई टङ्क प्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार

१८ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले यस वर्षको टङ्क प्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट  सम्मानित भएका छन् ।

हेम सरिता पाठक फाउण्डेशनले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले  गाउँले सहित चन्द्र भण्डारी, जेबी टुुहुरे र देविका घर्ति मगरलाई पुरस्कार प्रदान गरे ।

नेता नेपालले मुलुकको आर्थिक विकासको तीव्रता दिनका लागि भ्रष्टाचार वाधक रहेको बताए ।  ”जवसम्म गलत कार्यप्रति घृणा पैदा गदैनौ  र दुरी कायम गर्न उत्पे्ररित गिर्दैनौ ति प्रवृति हुर्कने छन् ।  राम्रा मान्छे लुक्रो पर्ने र नराम्रा मान्छे शान बढने खतरा हुन्छ” उनले भने ।

नेपालले अमेरिकामा वसेर हेम पाठकले नेपालको माया विर्सन नसकेको उल्ल्ोख गर्दै मुलुकबाहिर वसेका नेपालीले नेपालप्रतिको माया भुल्न नहुने बताए ।

गाउँलेलाई भ्रष्टाचार विरुद्धको समाचार लेखे वापत दुई हजार अमेरिकी डलर राशी पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी टङ्क प्रसाद-रमादेवी पाठक पत्रकारिता प्रोत्साहन पुरस्कार-२०७५ वरिष्ठ पत्रकार चन्द्र भण्डारी र देवीका घर्तिमगरलाई प्रदान गरिएको छ ।

उनीहरुलाई पाँच सय डलर नगद सहित प्रमाणपत्र प्रदान गरिएको हो ।

सोही अवसरमा एक हजार डलर राशी रहेको ‘हेम-सरिता पाठक अन्तरराष्ट्रिय संगित पुरस्कार-२०७५’ बाट वरिष्ठ जनवादी गायक जेवी टुहुरेलाई प्रदान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचारले मुलुकमा जरो गाडेकोले उखेल्नुपर्ने बताए ।

फाण्डेशनका संरक्षक हेम पाठकले भ्रष्टाचार विरोधी अभियानलाई सहयोग पुर्‍याउन आफूहरुले पुरस्कार प्रदान गर्न थालेको बताउनुभयो ।

सोही अवसरमा बाजुराका ज्ञानदेव थापा र युवराज थापालाई फाण्डेशनका संरक्षक पाठकले ल्यावटप प्रदान गरेका थिए ।

विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आएका हेम पाठक र सरिता पाठकले भ्रष्टाचार विरुद्धको अभियानमा यो पुरस्कार स्थापना गरेका हुन् । पाठक फाउण्डेशनले साँखुको घुमारचोकमा विद्यालय भवन बनाइदिएको छ भने सोही गाउँका विपन्न एकल महिलाहरुलाई हालैमात्र नयाँ घर बनाइदिएर हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment