
१७ साउन, काठमाडाैँ । ठगी सम्बन्धी कसूरमा प्रहरी हिरासतमा पुगेका व्यक्ति नै ठगिएका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुले ३१ असारमा ठगी मुद्दामा पक्राउ गरेका आकिव जावेद, यम दादुल मोमिन र सगिर शेख ठगिएका हुन् ।
काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीहरुलाई छुटाइदिन्छु भनेर महोत्तरीका प्रविणकुमार लाभले ठगी मुद्दाका आरोपितसँगै एक लाख रुपैयाँ लिएका हुन् ।
जनकपुरका मोहम्मद आर्फिन अलिनमार्फत रकम लिएको खुलेपछि प्रहरीले शुक्रबार लाभलाई पक्राउ गरेको छ ।
बोगटीका अनुसार अलिनले बानेश्वरको मुड क्याफेमा भेटेर नगद रुपैयाँ लिएका थिए । प्रहरीले उनविरुद्ध ठगी मुद्दा चलाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4