Comments Add Comment

अन्तरबैंक फुटसलको उपाधि हिमालयन बैंकलाई

१८ साउन, काठमाडौं । पहिलो अन्तरबैंक फुटसल च्याम्पियनसीपको उपाधि हिमालयन बैंकले जितेको छ । शनिबार आयोजित फाइनल खेलमा ग्लोबल आईएमई बैंकलाई शून्यका विरुद्ध तीन गोलले हराउँदै उसले उपाधिमा कब्जा जमाएको हो ।

हिमालयनले उपाधिसँगै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । यसैगरी उपविजेता ग्लोबल आईएमईले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । दुवै टिमले २०१९ का लागि स्वीमिङ मेम्बरसिप पनि पाएका छन् ।

प्रतियोगितामा सबैभन्दा मूल्यवान खेलाडीको पुरस्कार हिमालयनका आँचल खत्रीलाई प्रदान गरियो । सर्वाधिक गोलकर्तामा आँचल सहित हिमालयनकै विवेक महर्जन र एनआईसी एसियाका सुरज महर्जन रहेका छन् । उनीहरु तीनैजनाले समान ९-९ गोल गरेका थिए । हिमालय बैंकका सुरज चन्द सर्वोत्कृष्ट गोलकिपर छनोट भए । उनीहरु चारैजनाले उक्त कम्प्लेक्समा सन् २०१९ का लागि स्वीमिङ मेम्बरसिप पाएका छन् ।

प्रतियोगिताका क्वाटरफाइनलर र सेमिफाइनल खेलहरु पनि आजै भएका थिए । सेमिफाइनलमा ग्लोबलले मेगालाई शून्यको विरुद्ध पाँच गोलले तथा, हिमालयनले सिभिललाई शून्यका विरुद्ध ३ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेका थिए ।

सातदोबाटोस्थित एक्टिभ स्पोट्र्स कम्प्लेक्समा आयोजित प्रतियोगितामा २० वटा वाणिज्य बैंकहरु सहभागी थिए । प्रतियोगाको आयोजना एक्टिभ स्पोट्र्स कम्प्लेक्स र प्रायोजन स्कोडा एमएडब्लुले गरेका हुन् । प्रतियोगिता उत्साहजनरुपमा सम्पन्न भएको आयोजकले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment