Comments Add Comment

रामेछापको वडा कार्यालयमा विस्फोट

१८ साउन, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–३, को वडा कार्यालयमा खाना पकाउने प्रयोजनका लागि राखिएको ग्यास सिलिन्डर अज्ञात समूहले विस्फोट गराएका छन् ।

भिरपानीस्थित वडा कार्यालयभित्र राखिएको ग्यास सिलिन्डर शनिबार बिहान करिब २ः३० बजे विस्फोट गराइएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए ।

वडाध्यक्ष कार्कीका अनुसार, कार्यालयको छानाको जस्ता निकाली विस्फोट गराइएको छ । विस्फोटबाट कार्यालयमा राखिएका कम्प्युटर, दराज तथा कागजपत्र जलेका छन् । वडाध्यक्षको कार्यकक्षमा रहेको कम्प्युटर तथा कागजातहरू भने सुरक्षित रहेको कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता शेख अदालतले अज्ञात समूहले गराएको विस्फोटबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment