Comments Add Comment

संगठन शुद्धीकरण र सुदृढीकरणमा लागेका छौं: डीआईजी घिमिरे

१८ साउन, गोरखा । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) विनोद शर्मा घिमिरेले प्रहरी संगठन शुद्धिकरण र सुदृढिकरण अभियान शुरु गरिएको बताएका छन् ।

शनिवार जिल्ला सदरमुकाममा आयोजित एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवाला निकायको सम्मेलन कार्यक्रममा बोल्दै उनले संगठन भित्र भएका वेथिति अन्त्य गर्न अभियान सञ्चालन गरिएको जानकारी गराए ।

‘प्रहरीले नै कतिपय घटनाको मिलापत्र गराएको भन्ने गुनासो आएको छ,’ उनले भने, ‘मिलापत्र गर्न नमिल्ने घटनालाइ मिलापत्र गर्ने अधिकार प्रहरीलाइ छैन, यस्तो नगर्न म निर्देशन दिन्छु ।’

प्रहरीको वर्दीले राष्ट्र र जनताको जिम्मेवारी वहन गरेको भन्दै जनताको अपेक्षा अनुसार काम गर्न उनले निर्देशन दिए । ट्राफिक प्रहरीमा बढी सुधार आवश्यक रहेको उनले बताए ।

‘हामी जनपथ सुध्रिँदै छौं, अब ट्राफिक सुधार हुनुपर्छ,’ उनले भने ।

पर्याप्त साधन स्रोतको अभाव रहेपनि उपलब्ध स्रोतको आधारमा जिम्मेवारीपूर्वक काम गर्न डिआईजी घिमिरेले जिल्ला प्रहरी कार्यालयलाइ निर्देशन दिएका छ्न् ।

जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा भएको कार्यक्रममा जिल्लामा सेवा दिइरहेका बिभिन्न यातायात प्रालिका पदाधिकारी तथा यातायात मजदुरको सहभागीता रहेको थियो ।

ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण समेत गराइएको गोरखा प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए । सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जनचेतनामूलक कार्यक्रमको गरिएको उनको भनाइ छ ।

प्रहरी निरिक्षक खत्री सम्मानित

उत्कृष्ट काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षक हिम खत्रीलाइ सम्मान गरेको छ । नगद सहित कदरपत्रले सम्मान गरिएको एसपी अधिकारीले बताए ।

‘पुलिस अफ द मन्थ भनेर उहालाइ सम्मान गरिएको हो,’ उनले भने, ‘अव उत्कृष्ट काम गर्नेलाई प्रत्येक महिना सम्मान गर्दै जान्छांै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment