Comments Add Comment

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न सिंगापुर प्रस्थान

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।

शनिबार साँझ प्रधानमन्त्री ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिब्या सिंह सिंगापुर गएका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य परीक्षणका लागि भ्रमण भएको बताए ।

प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ ।

आइतबारदेखि नै स्वास्थ्य परीक्षण शुरु हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment