Comments Add Comment

प्रदेश १ मा बाढी र डुवानबारे जरुरी महत्वको प्रस्ताव

१९ साउन, विराटनगर । बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम प्रभावकारी बनाउनेबारे आइतबार प्रदेशसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केही दिनअघिको अविरल वर्षाका कारण प्रदेश भरी ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा उद्धार तथा राहतको काम कारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देशन गर्नुपर्ने भएको भन्दै प्रस्ताव दर्ता गराएको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आइतबार बसेको प्रदेश सभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएको छ । मुख्य सचेतक कार्की प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा सोही पार्टीका लिला सुब्बा र ताहिर अन्सारीे रहेका छन् ।

अविरल वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकाले सो प्रस्तावमाथि छलफल गर्नुपरेको प्रस्तावक कार्कीले बताए ।

प्रमुख सचेतक कार्कीले सदनमा प्रस्ताव दर्ता गराउदै प्रदेश १ सरकारले बाढी, सुख्खा तथा पहिरो प्रभावितहरुका लागि चित्तबुझ्दो काम गर्न नसकेको बताए ।

उनले धनकुटा, खोटाङ, उदयपुरलगायत जिल्लाका स्थानीय तहहरुमा सुख्खा खडेरीले वालीनाली खेतमै सुकेको र अनिकालको सामना गर्नुपरेको भन्दै कांग्रेसले दर्ता गराएको प्रस्तावमा १६ जनाको ज्यान गएको, बस्ती डुबान हुने गरी भएको क्षति भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment