Comments Add Comment

डुल्लाको छैठौं शोरुम बुटवलमा

२० साउन, बुटवल । नेपालमा छालाका उपभोग्य सामग्री उत्पादन गर्दै आएको डुल्ला ब्राण्डको शोरुम बुटवलमा सञ्चालनमा आएको छ ।

राजमार्ग चौराहास्थित प्रधान हाइट्समा श्रेष्ठ इम्पेक्सले डुल्लाका उत्पादनहरु बिक्रीका लागि शोरुम सञ्चालनमा ल्याएको हो । काठमाडौंमा कलमपोखरी र ठमेल, चितवन, पोखरा र धरानपछि बुटवलमा छैठौं शोरुम सञ्चालनमा ल्याइएको हो ।

करिब २५ लाख रुपैयाँ लगानी भएको शोरुमको र्‍याप गायक गिरिश खतिवडाले उद्घाटन गरेका छन् । बुटवलका युवा उद्यमी रोनिश श्रेष्ठले छालाको उत्पादनमा डुल्ला ब्राण्ड गुणस्तरीय मानिएकाले लगानी गरेको बताए ।

श्रेष्ठ इम्पेक्सका सञ्चालक विष्णुकुमार श्रेष्ठले स्वदेशी उद्योगलाई प्रवद्र्धनमा सबैको योगदान जरुरी रहेको बताए । शोरुमा छालाका ज्याकेट, लेडिज र जेन्ट्स ब्याग, जुत्ता, चप्पल लगायतका उत्पादनहरु उपलब्ध हुने डुल्लाका अर्का सञ्चालक अल्ताफ रहमानले बताए ।

भविष्यमा छालाबाट बनेका पोशाक (फेसन) तर्फसमेत प्रवेश गर्ने योजना रहेको रहमानले बताए । डुल्ला ब्राण्ड ८ वर्षअघि पहिलोपल्ट जुत्ताबाट शुरु भएको हो ।

एक हजार पाँच सय देखि ७ हजार रुपैयाँ मूल्यसम्मका बस्तुहरु उत्पादन गर्दै आएको उनले बताए । छालाको आयात भारतबाट हुने गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment