Comments Add Comment

गोल्छालाई रोक्ने गरी महासंघमा विधान संशोधनको प्रस्ताव

२० साउन, काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी कात्तिकमा विशेष साधारणसभा बोलाउने तयारी शुरु गरेको छ । विधान संशोधनको उद्देश्यले कात्तिकको दोस्रो साता विशेष साधारणसभा आयोजना गर्न लागिएको हो ।

स्रोतका अनुसार यसका लागि महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकालले पहल गरेका छन् । केही दिनअघि बसेको महासंघको बैठकमा ढकालले विधान संशोधनको प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव उनले लिखितरुपमै महासंघको कार्यकारी समितिलाई पठाएका छन् ।

महासंघका एक कार्यकारी सदस्यले दिएको जानकारी अनुसार १९ वटा बुँदामा ढकालले संशोधन प्रस्ताव गरेका छन् । जसमध्ये एउटा बुँदाले हालका वरिष्ठ उपाध्यक्ष सेखर गोल्छालाई अध्यक्ष बन्न रोक्छ ।

महासंघको अहिलेको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । हालकी अध्यक्ष भवानी राणा पनि सोही व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बनेकी थिइन् । उक्त व्यवस्थालाई हटाउने गरी ढकाल नेतृत्वको विधान संशोधन समितिले प्रस्ताव गरेको हो ।
विधान पारित भए अध्यक्षका लागि निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment