 
																			२१ साउन, काठमाडौं । जम्मु कश्मिरसम्बन्धी भारत सरकारको निर्णयबारे सर्वत्र चासो व्यक्त भइरहेको छ । माथिल्लो सदन राज्यसभाबाट पारित जम्मु कश्मिर पुनर्गठन बिल २०१९ मा जम्मु कश्मिरबाट लद्दाखलाई अलग गर्ने, जम्मु कश्मिरलाई दिँदै आएको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने व्यवस्था गरिएको छ ।
कश्मिरसँग जोडिएको पाकिस्तानका प्रधानमन्त्री इमरानले टिप्पणी गरिसकेका छन् । जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिने संविधानको अनुच्छेद ३७० खारेज गर्ने निर्णयसँगै नेपालमा पनि विभिन्न धारणा सार्वजनिक भइरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) का नेता भीम रावलले जम्मु कश्मिर शब्द उल्लेख नगरी टिप्पणी गरेका छन् ।
अन्तरराष्ट्रिय जगतमा, विशेषतः छिमेकी देशहरूले अाफ्नो अखण्डता र स्वाधीनतालाई बलियो बनाउन लिइरहेका नीति र चालिरहेका पाइलाबाट नेपालले अखण्डता, स्वाधीनता र स्वाभिमानका लागि बलियो गरी उभिनुपर्छ भन्ने मेरो धारणाको अौचित्य बलियो गरी स्थापित भइरहेको छ ।परामुखापेक्षीहरू छटपटाउने हुनकि?
— Bhim Rawal (@BhimRawal179) August 6, 2019
उनले ट्विटमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय जगतमा, विशेषतः छिमेकी देशहरूले आफ्नो अखण्डता र स्वाधीनतालाई बलियो बनाउन लिइरहेका नीति र चालिरहेका पाइलाबाट नेपालले अखण्डता, स्वाधीनता र स्वाभिमानका लागि बलियो गरी उभिनुपर्छ भन्ने मेरो धारणाको औचित्य बलियो गरी स्थापित भइरहेको छ । परामुखापेक्षीहरू छट्पटाउने हुन कि ?’
संविधानविद् डा. विपिन अधिकारीले कश्मिर संकटले हिमाली क्षेत्र निकै अशान्त भएको र हाम्रो असुरक्षा बढेको उल्लेख गरेका छन् । समाजिक सञ्जाल ट्विटमा उनले लेखेका छन्, ‘कश्मिर सुरुवात हो कि अन्त ? यसको योजनाकारलाई थाहा होला । तर हिमाली क्षेत्र निकै अशान्त भएको छ । हाम्रो असुरक्षा बढेको छ । सरकारले बेलैमा संवेदनशील हुनुपर्दछ, हिमालमा सधै नै लहरो तान्दा पहरो गर्जेको छ ।’
कश्मिर सुरुवात हो कि अन्त ? यसको योजनाकारलाइ थाहा होला I तर हिमाली क्षेत्र निकै अशान्त भएको छ I हाम्रो असुरक्षा बढेको छ I सरकारले बेलैमा संवेदनशील हुनुपर्दछ, हिमालमा सधैंनै लहरो तान्दा पहरो गर्जेको छ I
— Bipin Adhikari (@BipinLAW) August 5, 2019
डा. अधिकारीले हिमाली क्षेत्र जहिले पनि संवेदनशील क्षेत्रको रुपमा रहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘सानातिना कुराले पनि ठूलो लडाइँ हुने गरेकाले नेपाल सरकार संवेदनशील हुनै पर्दछ ।’
अर्का संविधानविद् डा. भीमार्जुन आचार्यले ट्विटमा भनेका छन्, ‘उतैबाट प्रभावित नेपालका भुरे टाकुरे राज्यका परिकल्पनाकारहरूले एक भारत र अखण्ड भारतसम्बन्धी भारतीय सरकारको लाइनबाट केही सिक्ने कि ? उताकाले त्यस्तै सोच यतातर्फ पनि राखे कि?
पत्रकार हस्त गुरुङले लद्दाखमा रहेका नेपालीको विषयमा चासो देखाएका छन् । ‘लद्दाखमा रोजगारी गर्न गएका हजारौं नेपाली युवाहरू बसेका छन् । उनीहरूको बारेमा नेपाल सरकारले केही जानकारी राखेको छ कि छैन ? राजनीतिक अस्थिरताको कारण उनीहरू संकटमा पर्न सक्छन्’, गुरुङले ट्विट गरेका छन् ।
लेखक खगेन्द्र संग्रौलाले मोदी सरकारले मुस्लिम समुदायको स्वायत्ततामा धावा बोलेको निष्कर्ष निकालेका छन् । उनले लेखका छन्, ‘मोदीतन्त्रको उन्मादी हिन्दुत्वको काश्मिरी मुस्लिम समुदायको स्वायत्ततामा धावा बोल्यो । चिया पसलमा एक ज्ञानीले भन्यो–यो सिक्किम निलेजस्तै घट्ना हो । निल्ने मिचाहाले नेपाल पनि निल्न सक्छ । कश्मिर निल्दा नेपालले बोल्नु पर्दैन ? सत्ताधारी ज्ञानी कन्दै बोले–यो आन्तरिक माम्ला हो ।’
नेकपाका अर्का नेता डा. विजय पौडलले भने कश्मिरको विषयमा अनावश्यक टिप्पणी नगरेको राम्रो भनेका छन् । उनी लेख्छन्, ‘ट्विटरका साथीहरूमार्फत सकल नेपाली जनतामा मेरो आव्हान छ–(१) दलहरूका कमजोरी सुधार्ने हो र राजसंस्था फर्काउ अभियान वालाहरूलाई पूर्णतः परास्त गर्ने हो, (२) कश्मिरको मामिला भारतको आन्तरिक विषय हो । यसबारेमा अनावश्यक टिप्पणी नगरेको राम्रो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4