 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले डिसेम्बरदेखि १६ वर्ष मुनिका बालबालिकाका लागि फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने नियम लागू गर्दैछ।
- ४ सदस्यीय 'एम्पायर फेमिली' नामक अस्ट्रेलियाली परिवार सामाजिक सञ्जाल प्रतिबन्ध छल्न बेलायत सर्ने निर्णय गरेको छ।
- सरकारले नियम उल्लङ्घन गर्नेमा ५ करोड अस्ट्रेलियाली डलर जरिवाना हुने र उमेर प्रमाणीकरणका लागि अनुहार पहिचान प्रविधि प्रयोग हुने बताएको छ।
डिसेम्बरदेखि सुरु हुने सामाजिक सञ्जालको प्रतिबन्धको नियमलाई छल्न लाखौं अनलाइन फलोअर्स भएको एक अस्ट्रेलियाली परिवार बेलायतमा बसाइ सर्दैछ ।
बीबीसीका अनुसार अस्ट्रेलिया सरकारले डिसेम्बरदेखि लागू हुने गरि १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको नियम लागू गर्दैछ ।
‘एम्पायर फेमिली’ भनेर चिनिने ४ सदस्यीय परिवारमा आमाहरू बेक र बेक ली, १७ वर्षीय छोरा प्रेज्ली र १४ वर्षीया छोरी चार्लोट मिलेर बनेको छन् । उनीहरूले दैनिक जीवनका भिडियोहरू पोस्ट गर्छन् ।
एक पोस्टमा, उक्त परिवारले राम्रो कार्यको लागि इन्टरनेटको प्रयोग गर्दै आएको र बेलायत सर्नुको अर्थ छोरीले कन्टेन्ट क्रिएसन गर्न सकून भन्ने उद्देश्य रहेको छ ।
अस्ट्रेलियाले विश्वमा पहिलोपटक फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, एक्स, युट्युब १६ वर्ष मुनिका बालबालिकाको लागि प्रतिबन्ध लगाउने र विद्यमान त्यस्ता खातालाई निष्क्रिय तुल्याउने घोषणा गरेको थियो ।
यो प्रतिबन्ध युवालाई सामाजिक सञ्जाल र प्रविधि कम्पनीको हानिकारक प्रभावबाट जोगाउनको लागि डिजाइन गरिएको सरकारले जनाएको छ । यो नियम पालना नगर्नेलाई ५ करोड अस्ट्रेलियाली डलर सम्म जरिवाना हुनसक्ने जनाइएको छ ।
यो प्रतिबन्ध कसरी लागू गर्ने भन्ने कुरा स्पष्ट छैन तर केही सम्भावित विधिमा आधिकारिक परिचयत्रक कागजात, अभिभावकीय स्वीकृति र अनुहार पहिचान गर्न सक्ने प्रविधिको प्रयोग समावेश छन् । यसले डेटाको गोपनीयता र उमेर प्रमाणीकरण गर्ने सफ्टवेयरबारे चिन्ता जगाउन सक्छ ।
सुरुमा युट्युबलाई प्रतिबन्धबाट छुट दिइएको थियो तर यस वर्षको सुरुमा सरकारले आफ्नो निर्णय उल्टाएको थियो ।
१६ वर्ष मुनिका किशोरकिशोरीले अझै पनि भिडियो हेर्न सक्षम हुनेछन् तर खाता खोल्न अनुमति दिइने छैन, जुन सामग्री अपलोड गर्न वा प्लेटफर्ममा अन्तक्र्रिया गर्न आवश्यक छ ।
पश्चिमी अस्ट्रेलियाको पर्थबाट लन्डन सर्ने परिवारको निर्णयको विवरण दिने भिडियोमा, बेकले सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा नभएको बताएकी छन् ।
‘हामी बुझ्छौं कि यसले युवालाई इन्टरनेटमा हुने हानिबाट जोगाउँछ तर हामी इन्टरनेटलाई राम्रोको लागि प्रयोग गर्छौं’ उनले भनिन् ।
बीबीसीबाट ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4