Comments Add Comment

विप्लव समूहबाट निष्कासित केन्द्रीय सदस्य विकसहित ३ जना पक्राउ

२१ साउन, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका ३ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङ छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई मैतीदेवीबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले अनलाइनखबरलाई बताए ।

‘हिरासतमा लिएर थप अनुसन्धान गरिरहेका छौं’, थापाले भने । प्रहरीले विकलाई विप्लव समूहको केन्द्रीय सदस्य भनेको छ । तर, समूहका नेता भने १७ जना निष्कासित केन्द्रीय सदस्य मध्ये उनी पनि एक भएको बताउँछन् ।

विक सरकारसँग वार्ता गर्नुपर्छ भन्ने पक्षका नेता भएको बताइन्छ । मकर पार्टीका वैकल्पिक केन्द्रीय सदस्य हुन् भने उमा तमुमुक्ति मोर्चाको पूर्वकेन्द्रीय सदस्य हुन् ।

यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विप्लव समूहका नेता जीवन कार्की जीवन्तलाई रिहा गरेको थियो ।

कार्कीले हिरासतबाटै विप्लव समूहसँग वार्ताको विकल्प नभएको धारण सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment