+
+

किन सर्‍यो कांग्रेस बैठक ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते ९:१५

२२ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको पूर्वनिर्धारित बैठक सरेको छ । आज मध्याह्नका लागि बोलाइएको बैठक आइतबार मात्रै बस्ने भएको छ ।

पार्टीको अन्तरिम संरचना निर्माण गर्नेबारेको निर्देशिकाको मस्यौदा तयार भइसकेको तर त्यसमा थप छलफल गर्नुपर्ने भएपछि बैठक सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शीर्ष तहमा छलफलपछि मात्रै निर्देशिकाको मस्यौदा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिने शर्माले बताए ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?