+
+
Shares

जडिबुटी निकासी सहज बनाउन माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १२:०४

२२ साउन, काठमाडौं । जडिबुटी निकासीलाई सहज बनाउन माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिबुटी निकासी सहज बनाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

सांसद रंगमती शाहीको यो प्रस्तावमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, डिला संग्रौला पन्त र प्रकाश रसाइली स्नेही समर्थक छन् ।

नेपालमा उत्पादित र संकलित सबै जडिवुटीको प्रशोधनको प्रवन्ध नेपालमै हुन सकेको छैन । क्वारेन्टाइनसम्बन्धी व्यवस्थाका कारण जडिबुटी निकासीमा पनि अवरोध उत्पन्न हुने गरेको छ । अवरोधका कारण संकलित जडिबुटी खेर जाने र नेपालीको रोजगारीलाई प्रभाव पर्ने गरेकाले यसमा छलफल गर्नुपर्ने कांग्रेसको प्रस्ताव छ ।

सांसद शाहीले भनिन्, ‘क्वारेन्टाइनको समस्याका कारणले जडिबुटी निकासीमा आएको अवरोधलाई अन्त्य गर्न यसमा छलफल आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?