Comments Add Comment

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत पक्राउ

२२ साउन,  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन  विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको छ  ।

श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प लगाइदिने कार्यमा उनको संलग्नता रहेको अख्तियारले जनाएको छ ।

उनले अध्यागमन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको भन्ने कसुरमा उजुरी परेकाले पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment