
२२ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा कार बम विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ, १ सय ५० जना घाइते भएका छन् ।
प्रहरी चौकीलाई लक्षित गरी भएको बम विस्फोटबाट मारिने र घाइते हुनेमा सर्वसाधारण धेरै छन् । बिस्फोटबाट ठूलो आवाज आउनुका साथै धेरै धुवाँ उडेको थियो ।
बम बिस्फोट तालिबानले गराएको दावी गरिएको छ । तालिबानले भर्ती केन्द्रलाई लक्षित गरी विस्फोट गराएको बताएको छ । मारिनेमा प्रहरी र सैनिक रहेको उसको दावी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4