Comments Add Comment

कांग्रेसलाई हेर्ने नेकपाको दृष्टिकोण देखेर दया लाग्यो : विश्वप्रकाश

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो दललाई हेर्ने सत्तारुढ नेकपाको दृष्टिकोण देखेर दया लागेको टिप्पणी गरेका छन् ।

बिहीबार आयोजित्र पत्रकार सम्मेलनमा नेकपाको प्रतिवेदनबारे पार्टीको जारी बैठकबाट थप धारणा आउने बताए । उनले भने, ‘अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ ।’ दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्ने भन्दै उनले भने, ‘दृष्टिदोषमाथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’

कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको प्रवक्ता शर्माले बताए ।

नेकपाको राजनीतिक दस्तावेजमा कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता खरोसँग उत्रन नसकेको उल्लेख छ । साथै भ्रष्टाचारविरुद्ध खडा हुन नसक्ने मात्र होइन, कयौं सन्दर्भमा भ्रष्टचारमा संलग्नलाई संरक्षण नै दिएको नेकपाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment