Comments Add Comment

सोफा खरिद गर्दै हुनुहुन्छ ?

दिनभरीको कामबाट थाकेको व्यक्तिको थकाई मार्ने ठाउँ भनेकै आफ्नो घर हो । त्यहि घरलाई सुन्दर र आकर्षक बनाउनका लागि हामी विभिन्न तरिकाहरु अपनाउने गर्छौ ।

घरका लागि हामी प्रायः नयाँ-नयाँ सामान किन्छौ, त्यही नयाँ सामानले आफ्नो घर सजाउँछौ । नयाँ सामान किन्ने लिस्टमा सबै भन्दा महत्वपुर्ण कुरा सोफा पनि हुन सक्छ । हाम्रो घरमा कोहि नयाँ पाहुना आउनासाथ बस्नको लागि सोफाको आवश्यकता पर्दछ । त्यसैले उक्त सोफा आकर्षक तथा आरामदायी हुनु पर्छ ।

सोफाले हाम्रो घरको सजावट बढाउँछ,त्यसका लागि सहि सोफाको छनौट गर्नु अति आवश्यक हुन्छ । त्यसैले सधैं आफ्नो आवश्यकता अनुसारको रंग भएको सोफा नै छनोट गर्नु पर्छ ।

सोफा किन्नु भन्दा अघि त्यसको रंग, बनावट,मजबूती जस्ता कुराहरु महत्वपुर्ण हुन्छ । त्यसैले हामीले सधैं सही तथा उपयुक्त सोफा नै किन्नु पर्छ ।

लेदरको सोफा

लेदरको सोफा महंगो भएता पनि किफायती हुन्छ ।  मजबुतीको हिसाबले पनि लेदरको सोफा उपयुक्त हुन्छ । त्यसमा हत्तपत्त दाग लाग्दैन । यदि दाग लागे पनि दाग हटाउन धेरै मेहिनत गर्नु पर्दैन । घरको सबैभन्दा बढि प्रयोग हुने बैठक कोठाका लागि लेदरको सोफा उपयुक्त हुन्छ ।

कटनको सोफा

कटनको सोफा पनि मजबूत नै हुन्छ । ब्लेंड्स कटन र नेचुरल कटन गरि यो दुई किसिमको हुन्छ । कटन ब्लेंड्स नेचुरल कटनको तुलनामा धेरै बलियो र टिकाउ हुन्छ ।

सिल्कको सोफा

सिल्कको सोफा केही कमजोर मानिन्छ । त्यसमा दाग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । त्यसैले यस्तो सोफा घरको त्यस्तो भागमा राख्नु पर्छ, जसको प्रयोग कहिले काहीँ मात्र हुन्छ । यसबाहेक बच्चा र जनावरबाट यसलाई जोगाउनु पर्छ । यस प्रकारको सोफा धेरै रंगंहरुमा उपलब्ध हुन्छन् ।

सिन्थेटिक फेब्रिकमा एक्रेलिक

एक्रेलिक एउटा सिन्थेटिक फेबि्रक हो, जुन मजबूत हुनुको साथै टिकाउ पनि हुन्छ । यसका साथै यस्तो सोफा सोफा सफा गर्न पनि सजिलो हुन्छ । सुन्दर रंगहरुमा उपलब्ध हुने यो सोफाले तपाइर्ंको घरलाई आकर्षक देखाउन सहयोग गर्छ ।

लिनेनको सोफा

लिनेनको सोफा पनि सुन्दर र टिकाउ हुन्छ । यो विभिन्न रग र आकारप्रकारहरुमा उपलब्ध हुन्छ । तर लिनेनमा पनि सिल्क जस्तै छिट्टै दाग बस्छ र यसलाई ड्राएक्लीन गर्नु पर्छ । दिनहुँ यसको सफाईमा पनि ध्यान दिइरहनु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment