Comments Add Comment

रुपन्देहीका व्यवसायीको चिन्ता : प्रशासनले तीजमा कडाइ गर्दा व्यवसाय डुब्ने खतरा

Photo Credit : कपिल ज्ञवाली

२५ साउन, बुटवल । होटल र पार्टी प्यालेसमा तीज मनाउन स्थानीय प्रशासनले लगाएको रोकप्रति रुपन्देहीका व्यवसायीले आपत्ती जनाएका छन् । स्थानीय प्रशासनको यो निर्णयले व्यवसाय गर्न पाउने अधिकार कुण्ठित भएको उनीहरुको ठहर छ ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ र रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघले शनिबार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै तीज कार्यक्रम होटल र पार्टी प्यालेसमा गर्न नपाइने निर्णय सच्याउन माग गरे ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रदेश ५ अध्यक्ष लक्ष्मण पोखरेलले भने, ‘प्रशासनले चाडबाडमा सुरक्षा व्यवस्था बढाउनुको साटो तीजको मर्मविपरित संस्कृतिमाथि नै बन्देज लगाउन खोज्नु दुर्भाग्य छ ।’

रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष बलराम पौडेलले प्रशासनको कडाइले आफूहरुको अर्बौंको लगानी डुब्ने खतरा रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले साउन २१ गते विज्ञप्ति निकाल्दै तीजको दर खाने नाममा अहिलेदेखि नै होटल र पार्टी प्यालेस बुकिङ गर्न सुरु गरिसकेको जानकारीमा आएको भन्दै होटल रेष्टुरेण्टमा दर खाने, महंगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनी प्रदुषण हुने कार्य नगर्न सबैलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment