Comments Add Comment

सर्दा सर्दै फागुणमा पुग्यो ‘दयारानी’

नायक दयाहाङ राई र नायिका दीया पुनको मुख्य भूमिका रहेको चलचित्र ‘दयारानी’को प्रदर्शन मिति दोश्रो पटक सारिएको छ । सुरुवातमा यो चलचित्रको प्रदर्शन मिति जेठमा तोकिएको थियो । तर, पछि चलचित्रको प्रदर्शन मिति साउनको ३० गतेलाई तोकिएको थियो ।

अब भने, यो चलचित्र तोकिएको मिति भन्दा ७ महिनापछि मात्र रिलिज हुने भएको छ । चलचित्रलाई फागुणको ९ गतेबाट प्रदर्शन गर्ने तयारी गरिएको छ । यो मितिमा पहिले नै चलचित्र ‘आमा र लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरिसकेका छन् ।

यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । निर्देशक गुरुङले निर्माण भएर तयार भएका चलचित्रले हल नपाएको भन्दै गुनासो गरे । उनले, छायांकन नै नभएका चलचित्रले रिलिज मिति तोकिददा अरुलाई समस्या भएको बताएका छन् ।

यो चलचित्रले खराब श्रीमान् र दयालु श्रीमतीको कथालाई पर्दामा प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment