+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

प्रदेशसभा सांसद न्युरोडमा लुटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १६:१२
Photo Credit : सांकेतिक तस्वीर

२६ साउन, काठमाडौं । राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सुवेदीसँगै रहेकी सावित्री आचार्यका अनुसार सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् ।

उनले ती व्यक्तिको अनुहार समेत पहिचान गर्न नसकेको बताइन् । ‘माननीयज्यू र मसँगै थियौं । झोलामा हात हालेर पर्स झिकेछ’, उनले अनलाइनखबरसँग भनिन्, ‘मान्छे कता गयो, के भयो केही थाहा भएन ।’

पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र भएको जनाइएको छ । हालसम्म घटनाबारे प्रहरीलाई खबर नगरिएको उनले बताइन् । ‘कता गर्ने के गर्ने, सोधिखोजी गरिरहेका छौं’, उनले भनिन् ।

चितवन घर भएकी सुवेदी सत्तारुढ नेकपाको तर्फबाट समानुपातिक पद्धतिबाट सांसद बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?