Comments Add Comment

‘मास र क्लास’ दुबैमा रमाउने स्वस्तिमा

नायिका स्वस्तिमा खड्काका लागि ‘मास र क्लास’ दुबै चलचित्र करिअरका लागि उत्तिकै महत्वपूर्ण छन् । साउन ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’ ठूलो समुहले हेर्ने आशा उनको छ । उनले, यो चलचित्र रोज्नुको कारणबारे भनिन्–‘म चलचित्रमा काम गर्दा टिम हेर्छु । स्वार्थी भएर हेर्नुपर्दा कुनै चलचित्र र सो चलचित्रको टिमसँग काम गर्दा मलाई फाइदा हुन्छ कि हुँदैन भनेर पनि हेर्न आवश्यक छ । नाई नभन्नु ल ५ गरिसकेपछि मलाई दर्शकको ठूलो समुहले नोटिस गरेको छ । यसैले मैले बुलबुल चलचित्र गर्दा ती दर्शक पनि हलसम्म आउनुभयो ।’

नायिका खड्का चलचित्र ‘हजार जुनी सम्म’ पारिवारिक चलचित्र भएको बताइन् । उनले भनिन्–अहिले परिवारसँग नै बसेर हेर्न मिल्ने लभ स्टोरी चलचित्र आएका छैनन् । यो भने पूर्ण पारिवारिक चलचित्र हो । सफा, कथा राम्रोसँग बगेको छ ।’

स्वस्तिमाले आफूले ‘मास र क्लास’ दुबै खालको चलचित्र गर्ने स्पष्ट पारिने । व्यवसायिक चलचित्रले यो क्षेत्रलाई बचाउने उनको धारणा छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment