+
+
Shares

कसैले राजधानी सार्न खोजे पाप लाग्छ : मुख्यमन्त्री पौडेल

राजन दाहाल राजन दाहाल
२०७६ साउन २६ गते १८:५८

२६ साउन, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी सार्ने विषय कसैले सोचे वा सार्न खोजे उसलाई पाप लाग्ने बताएका छन् ।

केही दिनअघि काठमाडाैंमा सम्पादकहरुसँगको छलफलमा राजधानी सिंहदरबारको छायाभन्दा पर नुवाकोट वा रामेछाप राखे फरक नपर्ने अभिव्यक्ति दिएपछि आलोचना खेपिरहेका मुख्यमन्त्री पौडेलले आफू प्रदेशको जिम्मेवारीमा रहेसम्म कसैले राजधानी सार्ने कुरा सोचे पाप लाग्ने बताए ।

संविधानको बिरुद्धमा आफूले बोल्न नहुने बताएका उनले पूर्वाधारको व्यवस्थापन रहेको हेटौंडाबाहेक अन्यत्र राजधानीको सम्भावना नरहेको बताए ।

जिल्ला समन्वय समिति मकवानपुरको चौंथो जिल्ला सभालाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले भने, ‘यो प्रदेशको मुख्मन्त्री भएको समयमा मेरो घरको आँगनमा भएको राजधानी बाहिर कसैले लैजाने कुरा सोचे मात्र पाप लाग्छ  ।’ मुख्यमन्त्री पाैडेलले यो कुराको कल्पनासमेत नगर्न सुझाव  दिए ।

उनले संविधानतः प्रदेश सभाका सदस्यले टुङग्याउने बिषय भए पनि अहिले गणितीय हिसाबमा ७४ जना पुर्‍याउन सक्ने अवस्थामा नभएको भन्दै  सबै प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा राख्न सबैको भूमिका आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?