 
																			महिला स्वास्थ्यको महत्वलाई बढावा दिने उद्देश्यले नेसोग (स्त्री रोग एवं प्रसूति चिकित्सक समाज नेपाल) ले भारतको औषधी उत्पादक कम्पनी मेयर भाइटाबायोटिक्सको साथमा स्त्री रोग समुदायको निम्ति “नलेज क्याफे” नामक गोष्ठी काठमाडौँमा गरेको छ ।
महिलाहरुलाई दैनिक रुपमा प्रशस्त मात्रामा पौष्टिक तत्वहरु आवश्यक पर्दछ । महिलाहरुको पौष्टिक आहारमा सुधार ल्याउनु सजिलो समाधान होइन । महिलाहरुमा पोषणको अभावले उनीहरुको शिशुको स्वास्थ्यलाई पनि प्रभाव पार्दछ । तसर्थ राष्ट्रकै उज्ज्वल भविष्यकै लागि महिलाहरुको स्वास्थ्य अत्यन्तै महत्वपूर्ण छ ।
नेसोग तथा मेयर भाइटाबायोटिक्सको आर्टिस्ट (एसियन रिसर्च एण्ड ट्रेनिङ इन्स्टिट्युट फर स्किल ट्रान्सफर) सँगको सहकार्यमा आयोजित उक्त गोष्ठीले हाम्रो जीवनको प्रत्येक चरणमा विभिन्न पौष्टिक आहारहरुको महत्वको बारेमा प्रकाश पारेको थियो ।
बेंगलोर भारतका प्रख्यात स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. हेमा दिवाकर उक्त कार्यक्रममा प्रमुख वत्ताको रुपमा उपस्थित थिए । त्यसैगरी प्राध्यापक डा. हिरा तुलाधर तथा प्राध्यापक डा. दिव्य श्री मल्ल कार्यक्रमका सभापति थिए ।
कार्यक्रम अन्तर्गत छलफलमा विभिन्न प्यानलिस्टहरुको उपस्थिति रहेको थियो जसले विभिन्न विषयहरुमा छलफल गरे । कार्यक्रममा महिलाहरुका लागि क्याल्सियमको आवश्यकता, कसरी क्याल्सियमले स्वास्थ्यलाई मद्दत गर्छ, गर्भावस्थामा मधुमेहका लागि फिगो निर्देशिकाको कार्यान्वयन लगायतका विषयहरुमा छलफल भएको थियो ।
मेयर भाइटाबायोटिक्स बेलायतको नं १ तथा विश्वप्रख्यात न्युट्रास्युटिकल कम्पनीको ग्लोबल पार्टनर हो । कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा हालै नेपालमा पनि आफ्ना पौष्टिक उत्पादनहरु भित्र्याएको छ । विगत ३० वर्षदेखि भारतको प्रमुख क्याल्सियम उत्पादनको रुपमा स्थापित विशिष्ट क्याल्सियम उत्पादन क्याल्सिम्याक्स सहित कम्पनीको नेपालमा आगमन भएको हो । कम्पनीको अनुसार क्याल्सियमको आवश्यकता जीवनको हरेक चरण अनुसार फरक हुन्छ ।
क्याल्सिम्याक्स प्लस लिक्वीड सस्पेन्सनले किशोर अवस्थामा बालिकाहरु तथा जेरियाट्रिक बिरामीहरुको हड्डीको ख्याल राख्दछ । क्याल्सिम्याक्स फोर्टे प्लसले गर्भावस्थामा एवं स्तनपान गराइरहेका आमाहरुको क्याल्सियम आवश्यकतालाई पूर्ति गर्दछ भने क्याल्सिम्याक्स पी ले रजोनिवृत्ति पश्चात्को उमेरमा महत्वपूर्ण भूमिका खेल्दछ ।
आफ्ना विभिन्न उत्कृष्ट उत्पादनहरुको माध्यमले मेयर भाइटाबायोटिक्स नेपालीहरुको स्थास्थ्यमा सुधार ल्याउन सफल रहनेमा विश्वस्त छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4