Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंक पनि कनेक्ट आईपीएस ई-पमेन्ट प्रणालीमा

२६ साउन, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई-पमेन्ट प्रणालीमा राष्ट्रिय वाणिज्य बैंक पनि आवद्ध भएर कारोबार सुरु गरेको छ ।

सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले पनि अब डिजिटल भुक्तानी प्रणाली मार्फत आˆनो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।

प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आˆनो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरु प्राप्तगर्न सक्नेछन् ।

हाल यो प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी , नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment