Comments Add Comment

शिवालयमा शिवभक्त (फोटो फिचर)

२७ साउन, काठमाडौं । साउने सोमबार भगवान शिवको प्रिय महिना मानिन्छ । शिवको प्रिय महिना र बार भएकाले साउने साेमबार व्रत बसे शिव प्रसन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यही विश्वासका आधारमा साउने सोमबारका दिन हिन्दु धर्मालम्बीले शिवको पूजा तथा व्रत बस्ने गरेका छन् । साउनको अन्तिम सोमबारको दिन त शिवालयमा शिवभक्तहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

पुण्य मिल्ने विश्वासमा आज बिहानैदेखि काठमाडौंको पशुपति मन्दिरमा शिवभक्तहरूको लामो लाइन लागेको छ । व्रतालुहरूले आफ्ना प्रिय शिव भगवानका महिमामा भजन गाउँदै नाचगान गरिरहेका छन् ।
त्यस्तै, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वरलगायतका शिवालयहरुमा पनि साेमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको भीड छ ।

हेरौ‌ं अनलाइनखबरकर्मी चन्द्र आलेले सोमबार बिहानै पशुपति पुगेर आफ्ना क्यामरामा कैद गरेका केही तस्वीरहरूः


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment