Comments Add Comment

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकियो, आज स्वदेश आइपुग्दै

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने भएका छन् । स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।

यसअघि आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली थाई एयरलाइन्सको विमानबाट अहिले अपराह्न १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अनलाइनखबरलाई जानकारी दिए ।

प्रधानमन्त्री ओली साउन १८ गते आफ्नो स्वास्थ्य परीक्षणका लागि पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्या शाहको साथमा सिंगापुर प्रस्थान गरेका थिए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसअघि भारत र थाइल्यान्डमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराउने गरेका थिए । तर यसपटक उनी चिकित्सकको सल्लाहअनुसार, सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि गएका थिए ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment