+
+
Shares

विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा कुकर बम विष्फोट

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते ९:००

२७ साउन, विर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा कुकर बम विष्फोट भएको पाइएको छ ।

नेपाली सेनाको विशेषज्ञ टोलीले घटनास्थलको अनुसन्धान गरेर घरमै निर्मित कुकर बम विष्फोट गराइएको ठहर गरेको हो ।

घटनास्थलमा कुकरका टुक्रा भेटिएका थिए । बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

झापाको गरामनीमा विर्तामोड नगरपालिकाका वडा नम्बर ७, ८ र ९ को कार्यालय एउटै भवनमा छन् । उक्त भवनमा सोमबार बिहान साढे चार बजेतिर बम विष्फोट भएको थियो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ ।

घटनाबारे जानकारी पाएपछि चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली पनि भद्रपुरबाट घटनास्थल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?