+
+
Shares

गुल्मीका पहिरो प्रभावितलाई शाइन रेसुंगा बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते ११:५८

२७ साउन, रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो प्रभावितलाई शाइन रेसुंगा डेभलपमेन्ट बैंकले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलसहितको टोलीले गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल र पहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई संयुक्तरुपमा चेक हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत पहिरो प्रभावितहरुलाई सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए । ग्ााउँपालिकाका अध्यक्ष ढकालले सहयोगका लागि बैंकका कर्मचारीहरुलाई धन्यवाद दिए ।

गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा यही साउन महिनामा गएको पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?